रूख-पात, चोयाको सामग्री, अन्न वाली, चिन्डो आदिको किराती जातिमा महत्व

 कुनै पनि व्यक्तिले आफ्नो समुदाय, जातीलाई विकसित तुल्याउँन पर्छ भने उसले आफ्नो जातीय परम्परा, संस्कृति, भाषा र लिपिलाई ठूलो महत्त्व दिनु अति जरूरी छ। यस्तो कार्य गर्नाले मात्र प्रत्येक जातीको जातीय गर्व भविष्य सम्म फस्टाएर जाने आशा रहन्छ अनि भोलिका दिनमा हाम्रो नव सन्तानहरूले यसको पालन गर्ने मौका पाउँनेछ। यसैले  हाम्रो किराँत जाती (राई) परिवारहरूलाई विशेष सदैव खाँचो पर्ने समाग्रीहरू र महत्त्हरूको जानकारी यहाँ प्रस्तुत गर्दैछु ।

१. रूख-पातः तितेपाती (सलवा), कटुस (वाही) केरा (ङाकसी) र अदुवा (बेछुक) ।


 

 यी रूख पात प्राय हाम्रो किराँवाहरूको धर्म-कर्म र कुल पूजामा खाँचो पर्छ। तितेपातीलाई एक पवित्र रूख-पात मानिन्छ जस्तो हिन्दुहरूले कुस र दूबोलाई मान्छन् । यसको कलसको पानिले पूजा आजामा शुद्ध गराउँन गुउँतको रूपमा चलाइन्छ। कटुस विशेष गरी सेउलीकोरूपमा चलाइन्छ। यसको सेउली विशेष गरी धर्म गुरू माङपाले चलाउँछन् । कटुसको सबै जसो भागहरू पूजा-आजामा चलाइए पनि राई जातिले भने यसको पात नै चलाउँछन् । कुनै कार्य गर्दा जस्तै विहे मरौपरौ र धामी-झाक्री, सबै कार्य गर्दा यसको पातले बनेको दुना-टपरा मात्र चलाइने  गरिन्छ। यस वाहेक यो जातिको रिती-थितीको (विहा-वारीको) कार्य गर्दा पेरङगोमा लगाइने समानलाई बेह्रेने काममा लगाइन्छ।

 अदुवालाई मसलाको रूपमा प्रयोग गरिए पनि राई जातिको यो एउटा ठूलो महत्त्वको चिज हो। यसलाई राई जातीले आफ्नो कुल पूजा अनि सबै पूजा-आजामा चलाउने गर्छन् । अदुवा बिना राई जातिको सबै जसो कार्य अधुरो रहन्छ। 

२. चोयाको सामग्रीः चोयाले बनेको धेरै सामाग्रीहरू भएता पनि राई समुदायलाई थुन्से र पेरुङगोको अति अनिवार्य पर्छ । थुन्से प्रायः राई जातिको कुल पूजा अनि विहे कार्यमा खाँचो पर्छ। विहे कार्यमा यसमा बेहुला (कुटुम्ब) पट्टीका तर्फवाट रित बुझाउँने समान भरेर ल्याईन्छ। अनि सोही थुन्सेमा माईती पट्टीबाट दाईजो पात अनि सम्दी-सम्दीनीलाई ढोग गर्ने समान भरेर चेलीको तर्फबाट पठाइन्छ।


 

पेरूङगो चोयाले बनेको टोकरी तर सानु झोलाको आकारमा हुन्छ। यसको पनि ठूलो अनिवार्य पर्छ। यसमा बेउला पट्टीलाई रित तिर्न तोकिएको मुताबिक मासुलाई पातले बेहेर लगाइन्छ। 

३. अन्न वालीः राई समुदायले कोदोलाई ठूलो अन्न मान्छन् । यो अन धेरै जसो पूजा-आजामा चलाइन्छ। राई जातिको  पूजा-आजा गर्दा कोदो-बिना अधूरो रहन्छ। जस्तो हिन्दु धर्ममा जौ र तिललाई मानिन्छ। राई जातिको  घरमा यो अन्न प्राय जहिले सुक्कैहुन अनिवार्य छ। 


 

४. चिन्डोः सबै धर्मको धर्म अनुसार पूजा-आजामा चलाइने समाग्री भिन्न-भिन्ने प्रकारका हुन्छ। यसै गरी राई जातिको यो चिन्डो एउटा ठूलो महत्त्वको समाग्री हो। यसमा कुल पूजा र पितृ पूजा गर्दा यसमा चडाईने जल भरेर चलाइन्छ। यस बाहेक कुल गुरू माङपान्हमाबीहरूले पनि यसको प्रयोग गर्नेगर्छ।

 
For more download our Android App Here
 

Comments