Posts

Showing posts with the label Rai

किरात राई जातिको छोटो चिनारी

Image
   पृथ्वीमा जब जीवहरूको उत्पत्ति भयो, त्यसपछि करोडौं वर्षको अन्तरालमा प्राकृतिक नियमानुसार विकासक्रममा अन्य जीवहरू भन्दा विकसित जीव मानव नै भयो । पृथ्वीको विभिन्न भू-भाग र हावापानीमा विकसित मानव समूह मुख्य गरेर मंगोल, काकेसीयन, हब्सी, द्रविड भनेर चिनिए। यसरी चिनिने मानव समूहको नाम नै पछि गएर प्रमुख जातिको रूपमा स्थापित भएको हुनुपर्दछ । अहिलेका आधुनिक मानव जातिका पुर्खाहरूले धेरै प्रकारका हण्डर, ठक्कर खाँदै यस अवस्थामा आइपुगेका हुन् । पहिले अल्प संख्यामा भएका मानव जातिको क्रमश: संख्या वृद्धि हुँदैजाँदा आहार, बसोबासको अपुग, समस्या र आवश्यकताले उपयुक्त ठाउँको खोजी गर्दै हिड्दा विभिन्न उप-समूहमा विभाजित हुँदैगएको हुनुपर्दछ । यसकारण विभिन्न ठाउँहरूको बसोबासले गर्दा भाषा, भेषभुषा, खानपान, संस्कृति, शारीरिक बनोट, रूपरङ्ग नै फरक बन्न गयो ।     मानव शब्दको परिभाषा गर्ने हो भने मानव क आफै सिङ्गोरूपमा एउटा जाति हो । तर विकासक्रमको लामो अन्तरालमा उपयुक्त हावापानी, भू-भागको खोजी गर्दै जाँदा विभिन्न ठाउँको बसाइको कारण फरक संस्कृति, रूप, रङ्गका हुन पुगेका हुन् । ...