Posts

रूख-पात, चोयाको सामग्री, अन्न वाली, चिन्डो आदिको किराती जातिमा महत्व

Image
 कुनै पनि व्यक्तिले आफ्नो समुदाय, जातीलाई विकसित तुल्याउँन पर्छ भने उसले आफ्नो जातीय परम्परा, संस्कृति, भाषा र लिपिलाई ठूलो महत्त्व दिनु अति जरूरी छ। यस्तो कार्य गर्नाले मात्र प्रत्येक जातीको जातीय गर्व भविष्य सम्म फस्टाएर जाने आशा रहन्छ अनि भोलिका दिनमा हाम्रो नव सन्तानहरूले यसको पालन गर्ने मौका पाउँनेछ। यसैले  हाम्रो किराँत जाती (राई) परिवारहरूलाई विशेष सदैव खाँचो पर्ने समाग्रीहरू र महत्त्हरूको जानकारी यहाँ प्रस्तुत गर्दैछु । १. रूख-पातः तितेपाती (सलवा), कटुस (वाही) केरा (ङाकसी) र अदुवा (बेछुक) ।    यी रूख पात प्राय हाम्रो किराँवाहरूको धर्म-कर्म र कुल पूजामा खाँचो पर्छ। तितेपातीलाई एक पवित्र रूख-पात मानिन्छ जस्तो हिन्दुहरूले कुस र दूबोलाई मान्छन् । यसको कलसको पानिले पूजा आजामा शुद्ध गराउँन गुउँतको रूपमा चलाइन्छ। कटुस विशेष गरी सेउलीकोरूपमा चलाइन्छ। यसको सेउली विशेष गरी धर्म गुरू माङपाले चलाउँछन् । कटुसको सबै जसो भागहरू पूजा-आजामा चलाइए पनि राई जातिले भने यसको पात नै चलाउँछन् । कुनै कार्य गर्दा जस्तै विहे मरौपरौ र धामी-झाक्री, सबै कार्य गर्दा यसको पातले बनेको दुना-टपरा मात्र चलाइने  ग

किराती संस्कृति (किरावा सुम्तुम)

Image
   सनातन किराँत धर्मावलम्बी राई लिम्बुको ६ गर्मिक कर्म-काण्ड गर्ने भार माबी, माङपा, दोवा, होमे र थुप्सङमी, दिलुङमी, रूमी, पामीमाथि नै निर्भर हुन्छ भने लिम्बुहरूको येबा, येमा, तेआङसी, फेदाङबा, तुम्भाक, तुम्याहाङहरू हुन्छन् ।     किराँती राई, लिम्बुहरूको धर्म, गुरू, कर्मगुरू, पुरोहित, पुजारी जो भने पनि उनीहरूनै हुन् । जब कुनै पनि किराँती राई लिम्बुको घरमा कुनै प्रकारको कार्य या काम पर्छ सो कार्य अनुसारको कर्म गुरू, पुजारीलाई दस्तुर अनुसारको रक्सी या अन्य सौगातसँग निमन्त्रण गरी बोलाई कर्म गराउने गर्छन् । कतिपय कर्ममा सुंगुर या कुखरा मारेर थानमा झुण्डयाइन्छ, यसलाई राईहरूले होप्ताङ्  भन्दछन् । त्यसरी राई लिम्बुहरूको घरमा जस्तो काम पर्छ उनीहरूलाई निम्त्याएर कर्म गर्छन् । कति कर्ममा सुंगुर कुखराहरूको बलि पनि दिने गर्छन् ।       राई लिम्बु किराँत धर्मावलम्बी हुनाले बलि दिनमा कुनै दोष मान्दैन किन भने किराँतीहरू क्रगवेदी हौं भन्दछन् । हुनता लिखित क्रगवेदमा जे जस्तो लेखिएको भएता पनि किराँती क्रगवेदी हौं भन्दछन् । लिखित क्रगवदेमा जे जस्तो लेखिएको भएता पनि किराँती क्रगवेदी गुरूहरू मुन्धुमी वेदले नै

किरात राई जातिको छोटो चिनारी

Image
   पृथ्वीमा जब जीवहरूको उत्पत्ति भयो, त्यसपछि करोडौं वर्षको अन्तरालमा प्राकृतिक नियमानुसार विकासक्रममा अन्य जीवहरू भन्दा विकसित जीव मानव नै भयो । पृथ्वीको विभिन्न भू-भाग र हावापानीमा विकसित मानव समूह मुख्य गरेर मंगोल, काकेसीयन, हब्सी, द्रविड भनेर चिनिए। यसरी चिनिने मानव समूहको नाम नै पछि गएर प्रमुख जातिको रूपमा स्थापित भएको हुनुपर्दछ । अहिलेका आधुनिक मानव जातिका पुर्खाहरूले धेरै प्रकारका हण्डर, ठक्कर खाँदै यस अवस्थामा आइपुगेका हुन् । पहिले अल्प संख्यामा भएका मानव जातिको क्रमश: संख्या वृद्धि हुँदैजाँदा आहार, बसोबासको अपुग, समस्या र आवश्यकताले उपयुक्त ठाउँको खोजी गर्दै हिड्दा विभिन्न उप-समूहमा विभाजित हुँदैगएको हुनुपर्दछ । यसकारण विभिन्न ठाउँहरूको बसोबासले गर्दा भाषा, भेषभुषा, खानपान, संस्कृति, शारीरिक बनोट, रूपरङ्ग नै फरक बन्न गयो ।     मानव शब्दको परिभाषा गर्ने हो भने मानव क आफै सिङ्गोरूपमा एउटा जाति हो । तर विकासक्रमको लामो अन्तरालमा उपयुक्त हावापानी, भू-भागको खोजी गर्दै जाँदा विभिन्न ठाउँको बसाइको कारण फरक संस्कृति, रूप, रङ्गका हुन पुगेका हुन् । उपर्युक्त भनाइ र अवस्थान